इटहरीमा मन्त्री लालबाबु पण्डितको पुत्ला जलाइयो

Prabhu Bank

काठमाडौं । लोक सेवा आयोगको विज्ञापनको विरोधमा इटहरीमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरिएको छ ।

Saftey Pads

उनीसँगै लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको समेत पुत्ला जलाइएको छ । सङ्घीयता, समानुपातिक तथा समावेशी सिद्धान्तको मर्म विपरीत लोकसेवा आयोगले विज्ञापन गरेको भन्दै विरोधमा शुक्रबार पुत्ला दहन गरिएको हो ।

नेपाल आदिवासी जनजाति महासङ्घ १ नम्बर प्रदेश समन्वय परिषद्ले मैनाली र पण्डितको पुत्ला दहन गरेको हो । पुत्ला दहन अघि इटहरी चोकमा विरोध र्‍यालीसमेत गरिएको छ ।

प्रदर्शनको क्रममा आदिवासी जनजाति महासङ्घका अगुवाहरूले आफ्नो मागलाई बेवास्ता गरे आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।

महासङ्घले शनिबार प्रदेश १ बन्दको समेत आह्वान गरेको छ ।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग
Maruti Cement