ग्यास विस्फोटमा परी चीनमा १० जनाको मृत्यु, १९ घाइते

काठमाण्डौ । चीनको एउटा ग्यास उद्योगमा शुक्रवार बेलुका भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ।

घटनामा परी अरू १९ जना घाइते भएका छन् भने पाँच जना सम्पर्क्विहीन रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

हेनान प्रान्तस्थित ग्यास उद्योगमा स्थानीय समय अनुसार शुक्रवार बेलुका ५.४५ मा विस्फोट भएको हो । इमा शहरमा अवस्थित हेनान कोल ग्यास कम्पनी लिमिटेडको ग्यास उद्योगमा विस्फोट भएको स्थानीय प्रशासनले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन् ।

अन्य सम्बन्धित समाचार:  बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो