सरकारलाई सैह्य हुदैनः उपप्रधानमन्त्री

Prabhu Bank

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण भए भए सरकारलाई सैह्य नहुने बताएका छन्।

Saftey Pads

शनिबार काठमाडौं क्षेत्र नम्बर ५ मा पुनःनिर्माण गरिएको पहँँेलो पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलल सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका हुन्।

उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई पनि आग्रह गरे ।

उनले सार्वजनिक जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भएपनि त्यसलाई सरकारले कार्वाही गरेरै छाडने चेतावनी पनि दिए ।  उनले स्थानीय तहमा हुने विकास, निर्माणको बजेटको व्यवस्था गर्ने दायित्व स्थानीय तहकै भएको पनि स्पष्ट पारे ।

अन्य सम्बन्धित समाचार:  यमनमा सरकार र विद्रोहीबीच कैदी मुक्त गर्ने सहमति
Maruti Cement