बाढी पीडितको उद्धार तथा राहतमा सरकारले ध्यान दिएन: देउवा

Prabhu Bank

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पीडितको उद्धार तथा राहतमा सरकारले ध्यान नदिएको आरोप लगाएका छन्।

Saftey Pads

डुबान तथा बाढीले क्षति भएका स्थानहरुको निरक्षणमा निस्कनु भएका सभापति देउवाले सरकारले पीडितहरुको समस्या बुझ्न नसकेको आरोप लगाएका हुन्।

प्रेस युनियन इटहरी नगरसमितिले शनिबार बिहान इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारले भारतसँग कूटनीतिक पहल गर्न नसकेको आरोप समेत लगाए । उनले सरकारले कूटनीतिक पहल गर्न नसक्दा तराईमा बाढी तथा डुबानले बढी क्षति गरेको दाबी गरे।

तराईका डुबानग्रस्त क्षेत्र अवलोकनका क्रममा पीडिहरुको विचल्ली अवस्था रहेको भन्दै राहतका लागि संसदमा आवाज उठाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

अन्य सम्बन्धित समाचार:  बालिका बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन अध्ययन गर्न समिति गठन
Maruti Cement