५ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ: नेता पौडेल

Prabhu Bank

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले दुई दलबीचको एकताका बेला शीर्ष नेताबीचको ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताएका छन्।

Saftey Pads

बुटवलमा रिपोर्टर्स क्लब प्रदेश ५ मा आयोजित साक्षात्कारमा पौडेलले सरकारमा आलोपालोको सहमति कार्यान्वयन गर्ने बेला अहिले नै नभइसकेको दोर्होयाएका हुन्।

सरकार विवादमा फसेको स्वीकार्दै उनले निर्मला काण्ड,विधेयक ल्याउने फिर्ता गर्ने,गुठी विधेयकका सवाल, विषादी प्रकरणमा सरकार परिपक्व नदेखिएको उनको भनाइ छ । उनले गुठी विधेयक तत्कालका लागि स्थगन भएको भन्दै फिर्ता नभएको प्रष्ट पारे । नेता पौडेलले ओलीपछिको नेता पुष्पकमल दाहाल नै भएको दाबी गरे ।

पौडेलले विषादी प्रकरणमा प्रधानमन्त्रीले माफी मागेको र मन्त्रालयको सचिवको समस्याले सरकारलाइ अप्ठ्यारो पारेको बताए । सरकारले गतिविधि गरिरहेको तर देखिनेगरी रिजल्ट नआएको उनको भनाइ छ । फरक प्रसंगमा पौडेललले मिडिया काउन्सिल विधेयक संशोधन गर्ने तयारी भइरहेको बताए ।

अन्य सम्बन्धित समाचार:  चितवनको सौराहामा छ महिनापछि खुल्यो हात्ती सफारी
Maruti Cement