दोलखाका सिँचाइ प्रमुख र इन्जिनियर साढे १४ लाख रकमसहित पक्राउ

Prabhu Bank

काठमाण्डौ । दोलखाका सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख र इन्जिनियर १४ लाख ६८ हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियारको टोलीले प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाहलाई पक्राउ गरेको हो।

Saftey Pads

अधिकारीको साथबाट १३ लाख ३८ हजार र शाहबाट एक लाख ३० हजार रकम बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

घुस रकमसहित शुक्रबार साँझ दोलखाबाट काठमाडौं जाँदै गर्दा सिन्धुपाल्चोकको सुकुटेबाट पक्राउ गरिएको प्रवक्ता कोइरालाको भनाई छ । उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

उक्त रकम ठेकेदार र उपभोक्ता समितिबाट मिसनका रुपमा प्राप्त गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  बङ्गलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने
Maruti Cement