काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारको अपरिपक्कता र दम्भले अन्तर्रा्ष्ट्रियस्तरमा नेपालको छवि कमजोर भएको बताएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले शनिबार पोखरामा गरेको पहिलो जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले कम्युनिष्ट सरकार र कम्युनिष्ट पार्टीले भेनेजुयलाका राष्ट्रपतिका छोरासहित मन्त्रीहरुलाई बोलाएर छवि धमिल्याएको बताएका हुन्।
देशको अस्मिता र राष्ट्रियतमाथि खेलवाड गर्न नहुने उनको भनाइ छ। उनले यस्ता अराजकताविरुद्ध कांग्रेस बोल्नुपर्ने बताए।