श्रीलंकाली क्रिकेट टिमका प्रशिक्षक हतुरुसिंघालाई बर्खास्त गर्न खेलकुद मन्त्रीको निर्देशन

Prabhu Bank

काठमाण्डौ । श्रीलंकाली टिमका प्रशिक्षक चण्डिका हतुरुसिंघालाई बर्खास्त गर्न त्यहाँका खेलकुद मन्त्री हारिन फर्नान्डोले आदेश दिएका छन् ।

Saftey Pads

यो काम उनले विश्वकप अघि नै गर्न चाहे पनि त्यतिबेला गर्न सकेका थिएनन् । तर आईसीसी विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शनका कारण उनलाई हटाउने विषयमा मन्त्रीको इच्छा पूरा हुने भएको छ ।

श्रीलंकाले इंग्ल्याण्डमा खेलेका ९ मध्ये जम्मा ३ खेलमा मात्र जित हात पारेर समूह चरणबाट आउट भएको थियो ।

श्रीलंका क्रिकेट स्रोतका अनुसार प्रशिक्षक चन्द्रिका हतुरुसिंघा र उनका सहायकहरुलाई बंगलादेश सिरिजपछि हटाइनेछ । बंगलादेशको टिम २६ जुलाई देखि सुरु हुने सिरिज खेल्न शनिबार कोलम्बो पुगेको छ ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा राजस्थान रोयल्स विजयी
Maruti Cement