बालुवाटार जग्गा प्रकरणः भीम रावलले भने, ‘महासचिव पौडेलमाथि छानबिन हुनुपर्छ’

Prabhu Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले बालुवाटार जग्गा प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेलमाथि छानबिन हुनुपर्ने बताएका छन् ।

Saftey Pads

सरकार, पार्टी र सञ्चारमन्त्रीले पौडेललाई बचाऊ गर्न खोजेको बताउँदै उनीमाथि छानबिन हुनुपर्ने र दोषी पाइए कारबाही हुनुपर्ने नेता रावलको भनाइ छ ।

रिपोर्टर्स क्लबद्वारा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा नेता रावलले ललिता निवासको जग्गा कब्जामा पार्टीका महासचिव पौडेलसमेत मुछिएको स्मरण गराउँदै सत्यतथ्य छानबिन गरेर दोषी ठहरिए कारबाही हुनुपर्ने माग गरे ।

‘बालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको नाममा जानु आपत्तिजनक छ । सत्यतथ्य पहिचान गरेर दोषीलाई कारबाही गर्नुपर्छ’,उनले भने ।

अन्य सम्बन्धित समाचार:  दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तर कोरियाद्वारा क्षमायाचना

सरकारले उक्त जग्गा फिर्ता ल्याउने निर्णय गरेकोमा धन्यवाद दिँदै रावलले फिर्ता ल्याएर मात्रै नहुने र दोषीलाई कानूनी दायरामा नै ल्याउनुपर्ने बताए ।

 

Maruti Cement