कूटनीतिक मर्यादाको संवेदनशीलता बुझ्ने नेता छैनन्ः सूर्यनाथ उपाध्याय

Prabhu Bank

काठमाडौँ ।
परराष्ट्र मामिलाका जानकार सूर्यनाथ उपाध्यायले नेपालको राजनीतिक नेतृत्वले कूटनीतिक आचारसंहिता मात्रै नभई परराष्ट्र नीतिकै पालना गर्ने खालको नभएको टिप्पणी गरेका छन्। नेपाली पत्रिकासँग कूटनीतिक मर्यादा र आचारसंहिताका विषयमा कुरा गर्दै उपाध्यायले नेपालका कुनै पनि दलका नेता तथा सांसदहरुले परराष्ट्र नीतिको पालना नगरेको दाबी गरे।
उनले नेपालका वरिष्ठ भनाउँदा नेताहरूले नै कूटनीतिक मर्यादा मिच्ने गरेको आरोप लगाए । ‘कसैले पनि परराष्ट्र नीतिलाई मानेको छैन, कूटनीतिक आचार संहिताको पालना गरेका छैनन्, यहाँ जे मन लाग्यो त्यही गर्न थालिएको छ ।’ उनले भने ।
कूटनीतिक मर्यादाको संवेदनशीलता नबुझ्ने राजनीतिक नेतृत्व भएका कारण र यस्ता आचारसंहिता मिच्ने नेपालको ट्रेन्ड नै भइसकेको उनले बताए ।

Saftey Pads

व्यक्तिगत स्वार्थ पूर्तीका लागि विदेशी नियोगका अधिकारीहरूसँग नेपालका नेताहरूले आचारसंहिता मिचेर भेटघाट गर्ने गरेको र जसको परिणाम बेलाबेलामा राष्ट्रिय अस्मितामा आँच पुग्ने विषय बाहिर आउने गरेको उनले बताए।

Maruti Cement