‘डिप्लोम्याटिक प्रोटोकल’को पालना भएनः नारायणकाजी श्रेष्ठ

Prabhu Bank

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अधिकांश नेता तथा सांसदहरुले कूटनीतिक मर्यादा ख्याल नगरेको बताएका छन् । नेपाली पत्रिकासँग कूटनीतिक आचारसंहिताबारे कुरा गर्दै श्रेष्ठले आफूँले अथक प्रयासका साथ लागू गर्न पहल गरेको कूटनीतिक आचारसंहिता आफू परराष्ट्र मन्त्रीबाट हटेपछि मनोमानी भएको बताएका छन् ।

Saftey Pads

यो पनि पढ्नुहोस-नेताहरु नै पालना गर्दैनन्, कूटनीतिक आचारसंहिता!

आफ्नै पार्टीका नेताहरूले समेत कूटनीतिक आचारसंहिताको ख्यालै नगरी विदेशी नियोगका अभिकारीहरुसँग भेट्ने गरेका कतिपय विषय बाहिर आएको उनले बताए। ‘ डिप्लोम्याटिक प्रोटोकल राम्रोसँग पालना भएको छैन । नेपालका उच्चपदस्थका नेता तथा सांसदहरुले नै पनि कूटनीतिक मर्यादालाई नजरअन्दाज गरिरहेका छन् ।’ उनले भने ।
पछिल्लो समय अनुगमन पनि नहुँदा झनै नेता तथा उच्चपदस्थ अधिकारीहरूले नै आचार संहितालाई पालना नगरेको र सबै आफूखुसी चल्ने गरेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस-राजनीति र कूटनीतिमा सन्तुलन आवश्यक छः डा.सूर्यराज आचार्य

Maruti Cement