नेताहरु नै पालना गर्दैनन्, कूटनीतिक आचारसंहिता!

Prabhu Bank

काठमाडौँ ।
कूटनीति राष्ट्रिय स्वाभिमानकै विस्तारित रूप हो, जसको सञ्चालन केन्द्रीय सरकारले गर्छ। त्यसैले केन्द्रको संस्थागत स्वीकृतिबिना गरिएका कुनै पनि भेटघाट र छलफललाई जायज मानिँदैन। यसबारे परराष्ट्र मन्त्रालयसँग पूर्व जानकारी गराउने मात्र होइन, यसको उद्देश्य तथा सम्भावित उपलब्धीबारे पनि प्रष्ट हुन आवश्यक हुन्छ। तर नेपालको पछिल्लो अवस्था हेर्दा यी विषयहरूलाई कुनै पनि पार्टी अथवा नेताहरूले पालना गरेको पाइएको छैन। हामीसँग कुनै एक जिम्मेवार सांसदलाई राजदूतावासले आफ्नो सम्पर्क व्यक्तिकै रुपमा प्रयोग गरेको, विदेशी राजदूतहरू सिधै प्रधानमन्त्रीको निवासतिर सोझिएको, सांसद तथा नेताहरू विदेशी राजदूतको रात्रि भोजमा सरिक भएको आदि इत्यादि ज्वलन्त उदाहरणहरू छन्।

Saftey Pads

यो पनि पढ्नुहोस्कूटनीतिक मर्यादाको संवेदनशीलता बुझ्ने नेता छैनन्ः सूर्यनाथ उपाध्याय

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री हुँदा उनकै पहलमा कूटनीतिक आचारसंहिता २०६८ लागू गरियो यद्यपि यो संहिता सरकारका मन्त्रीहरू, सांसदहरू, राजनीतिक दलका नेताहरू र प्रधानमन्त्री लगायत पूर्वप्रधानमन्त्री र थुप्रै उच्च पदस्थ अधिकारीहरूले पालना गरेको देखिदैन। जबकी कूटनीतिक आचारसंहिता २०६८ मा उक्त आचारसंहिताको पालना सार्वजनिक पद धारण गरेका व्यक्तिहरू र राज्यकोषबाट पारिश्रमिक या सुविधा पाउने पदाधिकारीहरू समेतलाई लागू हुनेछ भन्ने प्रष्ट लेखिएको छ।

यो पनि पढ्नुहोस्- राजनीति र कूटनीतिमा सन्तुलन आवश्यक छः डा.सूर्यराज आचार्य

‘कूटनीतिक आचारसंहिता -२०६८’ ले शिष्टाचार भेट, औपचारिक वार्ता तथा बैठक, औपचारिक समारोहको आयोजना, सहभागिता एवं शिष्टाचार, विदेशीसँगका सम्झौता, प्रतिवद्धता एवं कूटनीतिक पत्राचार, विदेश भ्रमण, प्रतिनिधित्व, प्रस्तुतीकरण र प्रतिवेदनका साथै कूटनीतिक भेटघाट या औपचारिक समारोहमा लगाउनुपर्ने पोशाक र भाषाबारे समेत व्याख्या गरेको छ। कूटनीतिक आचारसंहिताले विदेशी नियोगका अधिकारीसँग गरिने भेटवार्ता र राख्नुपर्ने रेकर्डबारे प्रष्ट व्यवस्था गरेपनि पालना नहुनु गम्भिर विषय हो।

यो पनि पढ्नुहोस्- ‘डिप्लोम्याटिक प्रोटोकल’को पालना भएनः नारायणकाजी श्रेष्ठ

परराष्ट्र मामिलाका जानकारहरू कूटनीतिक मर्यादाको पालना गर्ने गराउने मुख्य दायित्व राजनीतिक नेतृत्वको भएका कारण आचारसंहिताको पालना नगर्नु राजनीतिक दलहरूको कमजोरी भएको बताउँछन। तर राजनीतिक दलहरू भने विदेशी नियोगका अधिकारीहरूले कूटनीतिक मर्यादा पालना नगरेको आरोप समेत लगाउँछन्। राजनीतिक दलहरूले विदेशी नियोगका अधिकारीहरूले नै कूटनीतिक मर्यादा पालना नगरेको आरोप लगाउँदा कूटनीतिक मामिलाका जानकारहरू भने आफ्नो देशमा बस्ने विदेशी नियोगका अधिकारीहरूलाई दोष दिनुभन्दा पहिले नेपालका राजनीतिक दल र तिनका नेताहरुले कूटनीतिक आचारसंहिताको पूर्ण पालना गरे यो समस्या आँफै समाधान भएर जाने बताउँछन।

यो पनि पढ्नुहोस- साझाकाे कूटनीतिक निर्देशिका जारी: नेताहरु विदेशी दुतावास धाउन नपाउने

बाहिर राष्ट्रिय स्वाधीनताका आवाज चर्को गरी उठाउने तर भित्र भित्रै एउटा पार्टी तथा नेताहरूले अनिवार्य रूपले पालना गर्नुपर्ने कूटनीतिक आचारसंहितालाई पनि वेवास्ता गर्ने क्रम चलिरहेकै बेला यस्तो प्रवृत्तिले राष्ट्रिय स्वाभिमानलाई नै धक्का पुग्ने भन्दै गत साता साझा पार्टीले आफ्ना नेताहरुका लागि कूटनीतिक निर्देशिका सार्वजनिक गरेको छ। पार्टी कार्यालयमा सार्वजनिक गरेको १३ बुँदे उक्त निर्देशिकामा एउटा राजनीतिक दल तथा नेतामा हुनुपर्ने र निभाउनुपर्ने कर्मलाई मापदण्ड बनाएको पार्टीको दावी छ। यो कूटनीतिक निर्देशिका आफ्ना पार्टीका नेताहरू र सदस्यहरुका निम्ति भएपनि यस्ले पुराना दलहरू समेतलाई कूटनीतिक आचारसंहिता पालना गर्न नैतिक दबाब दिने प्रवक्ता डा. सूर्यराज आचार्यले बताए।

‘कूटनीतिक आचारसंहिता -२०६८’ जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालिन परराष्ट्र मन्त्री तथा नेकपाका प्रवक्ता नारायाण काजी श्रेष्ठले आँफुले कूटनीतिक मर्यादाको विषयलाई गम्भिर रुपमा लिएकाले नै आँफु विभागिय मन्त्री हुँदा आचारसंहिता बनाउन पहल गरेको बताए। तर उनी मन्त्री पदबाट हटेसंगै कूटनीतिक आचारसंहिताको पालना हुन छोडेकोमा भने श्रेष्ठ दुःखी छन।

कूटनीतिक मामिलाका जानकार सूर्यनाथ उपाध्यायले खासगरी उच्च राजनतिक नेतृत्वले कूटनीतिक आचारसंहिताको पालना गर्ने विषयलाई गम्भिर रुपमा नलिनु दुखद भएको टिप्पणी गरे।

कूटनीति राष्ट्रियता र राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय हो तर देश चलाउने मुख्य राजनीतिक नेतृत्वले कूटनीतिक मर्यादाको संवेदनशीलतालाई नबुझेसम्म तारे होटलमा विदेशी गुप्तचर संस्थाका प्रमुखलाई गोप्य रुपमा भेट्ने र बाहिर राष्ट्रवादका चर्का कुरा गर्ने क्रम चलिरहन्छ। दयनीय कूटनीतिक अवस्थाको चर्चाका बीचमा साझा पार्टीले आफ्नो दलका लागि कूटनीतिक निर्देशिका जारी गरेर केही राम्रो शुरुवात गरेको छ, तर यस्को कार्यान्वयनको पाटोलाई हेर्न भने केही समय कुर्नै पर्ने हुन्छ। तर पटक पटक सत्ताको नेतृत्व गरेको काँग्रेस र अहिले दुई तिहाईको समर्थन सहित सत्ताको नेतृत्व गरेको नेकपाले कूटनीनिक आचारसंहिता पालना गर्ने दिशामा भने कुनै पहल गरेको देखिदैन, यद्यपि ती दलहरुमा अपवादको रुपमा नारायणकाजी श्रेष्ठ जस्ता कूटनीतिक आचारसंहिताको पालना गर्नुपर्ने मत राख्ने नेताहरू भने नभएका होईनन्।
हेर्नुस् यस्तो छ नेपालको ‘कूटनीतिक आचारसंहिता -२०६८’

यहाँ क्लिक गर्नुहोस– कूटनीतिक आचारसंहिता, २०६८

 

 

Maruti Cement