विप्लव नेतृत्वको उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ

Prabhu Bank

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् ।

Saftey Pads

विशेष सूचनाका आधारमा लामालाई शनिबार राति काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका पुष्टि गरेको छ ।

काठमाडौंमा श्रृङ्खलावद्ध रुपमा भएको बम विस्फोटन लामाको निर्देशनमा भएको अनुमान प्रहरीले गरेको छ । लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् ।

उनी काठमाडौं सीतापाइलाका तत्कालीन माओवादीको जनसांस्कृतिक महासङ्घका अध्यक्ष समेत हुन् । वि. स. ०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए ।

एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य हुँदै विप्लव समूहमा आवद्ध भएका थिए ।

गत फाल्गुन २८ गते पार्टीलाई प्रतिबन्ध लगाइएपछि अहिलेसम्म विप्लव नेतृत्वको ५०० भन्दा बढी कार्यकर्ताहरु पक्राउ परेका छन् ।

अन्य सम्बन्धित समाचार:  क्रिकेटको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोरको सम्भावना
Maruti Cement