नेकपाको सचिवालय बैठक बस्दै, पार्टी एकता प्रक्रियालाई टुंगो लगाउने

Prabhu Bank

काठमाडौँ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आइतबार बस्दै छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिलाई अनुमोदन गर्न र पार्टी एकता प्रक्रियालाई टुंगो लगाउन सचिवालयको बैठक बोलाइएको हो।

Saftey Pads

बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वको टुंगो लगाउने जनाइएको छ।

यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ। यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ।

ज्येष्ठ कम्युनिस्ट मञ्च माओवादी र सल्लाहकार परिषद्मा पूर्वएमालेले लिने गरी एक सय २१ सदस्य हुने गरी भागबन्डा गरिसकेको छ । तीन आयोगमा दुई पूर्वएमाले एक आयोग माओवादीको परेको छ ।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा
Maruti Cement