बुद्धको मूर्ति तोडफोड गर्नेलाई छिटो कारबाही गर्न मुख्यमन्त्रीको आग्रह

Prabhu Bank

काठमाण्डौ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको तिलोत्तमाको सडकमा राखिएका बुद्धको मूर्ति तोडफोड गर्नेलाई छिटो कारबाही गर्न निर्देशन दिएका छन्।

Saftey Pads

जिल्लाका सुरक्षा प्रमुखलाई बोलाएर ५ वटा बुद्धको मूर्ति तोडफोडमा संलग्नहरुलाई छिटो पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका हुन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी उपरिक्षकलाई मुख्यमन्त्री निवासमा बोलाएर घटनामा संलग्नहरुलाई तत्काल पक्रेर कारबाही गर्न निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

बुटवल बेलहिया सडकखण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाले सडकको डिभाइडरमा राखेका बुद्धका मूर्ति तोडफोड भएका थिए ।

अन्य सम्बन्धित समाचार:  कपिलवस्तु: कोईली खोलामा बेपत्तामध्ये एक जनाको शव फेला
Maruti Cement