विप्लव नेता माइलालाई ‘ज्यान मार्ने’ र ‘बम विस्फोट’विरुद्धको मुद्दा चलाईने

Prabhu Bank

काठमाण्डौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका नेता माइला लामाविरुद्ध ‘ज्यान मार्ने’ र ‘बम विस्फोट’विरुद्धको मुद्दा चलाइने भएको छ।

Saftey Pads

आइतबार मध्यराती विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट पक्राउ परेका लामाविरुद्ध कर्तव्य ज्यान (ज्यान मार्ने) उद्योग र बम विस्फोटविरुद्ध मुद्दा चलाइने भएको हो।

महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले लामा उपत्यका ब्यूरो इन्चार्ज समेत रहेको जानकारी दिए।

यसअघि नै ललितपुर जिल्ला अदालमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरिएका उनीविरुद्ध नख्खु र काठमाडौंमा बम विस्फोटको आरोप समेत लागेको छ ।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
Maruti Cement