चिकित्सकको लापरवाहीका कारण जनकपुर अञ्चल अस्पतालमा फेरि एक बिरामीको मृत्यु

Prabhu Bank

काठमाण्डौ । जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीका कारण फेरि एक बिरामीको मृत्यु भएको छ ।
शनिवार दिउँसो करीव ४ बजे मधुमेहको उपचारका लागि आएका जनकपुरधाम उपमहानगरपालिका १ निवासी ७० बर्षीय अब्दुल करिमको अक्सिजन अभाव र उपचारमा लापरवाहीका कारण मृत्यु भएको हो।

Saftey Pads

करिमलाई मेडिकल वार्डमा ल्याईएपछि त्यहाँ ड्युटीमा रहेका चिकित्सक मनिष पाण्डेयले उपचारमा ध्यान नदिएको मृतकका छोरा मोहम्मद जिलानीको गुनासो छ। मृतकका अर्का छोरा मोहम्मद ईल्ताफले वार्डमा रहेका नर्सहरुले मेरो बुवालाई कुनै हेरचाह नगरेको बताए । उनले भने, ‘उनीहरु आफै मोवाईल चलाउन ब्यस्त थिए । कसैले हेरेन, अवस्था बिग्रिदै मृत्यु भएपछि मात्रै अस्पतालले हामीलाई जानकारी दियो।’

अन्य सम्बन्धित समाचार:  वामदेव गाैतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय बदर गर्न माग सहित सर्वाेच्चमा रिट

मृतकको शैय्याको छेउमै आफ्नो बिरामीको उपचार गराईरहेकी एकजना महिला कुरुवाले डाक्टरहरुले उनको उपचारमा कुनै ध्यान नदिएको बताईन्। उपचारका लागि ४ बजे नै अस्पतालमा आएका बिरामीलाई राती साढे ८ बजेसम्म कुनैपनि डाक्टर हेर्न आएन । नर्सहरु वार्डमा उपलब्ध भएपनि उनीहरु सबै मोवाईल चलाउनमै ब्यस्त थिए ।

घटना पश्चात् पीडीत पक्षले अस्पताल विरूद हो हल्ला गरेका थिए भने वार्डमा कुनै नर्स कम्पाउण्डर सहितको कर्मचारी उपलब्ध थिएनन् । पीडित पक्षले दोषी चिकित्सक र अस्पताल प्रमुखलाई कारवाहीको माग गरेका छन् । अस्पतालमा तनाव बढेपछि रातीदेखि नै सुरक्षाकर्मी तैनात गरिएको छ ।

Maruti Cement