उदयपुरमा लागूऔषधसहित चार जना पक्राउ

Prabhu Bank

काठमाण्डौ । उदयपुरमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

Saftey Pads

त्रियुगा नगरपालिका–१३ असारीको किराँतचोकबाट शनिवार साँझ त्रिनपा–१३ का २२ वर्षीय रविन राई, १६ वर्षीय सुगम राई, २४ वर्षीय दिनेश दनुवार र १४ वर्षीय प्रदीप सुर्खेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गोप्य सूचनाका आधारमा सादा पोशाकमा गएका प्रहरीले अभियुक्तहरूलाई लागूऔषधसहित पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए ।

पक्राउ गरिएका युवकबाट लागूऔषध फेनारगन २८ एम्पुल, लुपिजेसिक १८ एम्पुल, डाइजोल्याप, १८ एम्पुलसहित लागूऔषध प्रयोग गरिरहेको बेला रंगेहात पक्राउ गरिएको उनले बताए ।

अन्य सम्बन्धित समाचार:  बझाङमा बलत्कारपछि बालिकाको हत्या
Maruti Cement