भक्तपुरमा एक महिला मृत फेला

Prabhu Bank

काठमाण्डौ । भक्तपुरमा एक महिला मृत फेला परेकी छन्।

Saftey Pads

सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेकी हुन्।

पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या हो कि होइन थाहा हुने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
घटनाको भने प्रहरीले सूक्ष्म अध्ययन शुरु गरेको उनले बताए ।

अन्य सम्बन्धित समाचार:  पाटन नगरपालिकाको अनियमितताका बारेमा अख्तियारले छानबिन गर्ने
Maruti Cement