असुरक्षित गर्भपतनले पर्सामा युवतीको मृत्यु, एक पक्राउ

Prabhu Bank

काठमाण्डौ । असुरक्षित गर्भपतनका कारण पर्सामा २० वर्षीय एक युवतीको मृत्यु भएको छ।

Saftey Pads

असुरक्षित गर्भपतनका कारण पोखरिया नगरपालिका वडा नम्बर ६ की २० वर्षीय सावित्रीकुमारी शर्माको ज्यान गएको हो।

साबित्री आफू खुशी भारत रक्सौल गई ५ महिनाको गर्भ असुरक्षित गर्भपतन गराउने क्रममा गम्भिर बिरामी भएकी थिइन्। उनको अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएकोमा ज्यान गएको पर्सा प्रहरीले जनाएको छ। प्रहरीले अबैध सम्बन्ध राखी साबित्रीलाई गर्भवती बनाएको आरोपमा सोही ठाउका सिकेन्द्र प्रसाद चौहानलाई पक्राउ गरेको छ।

पक्राउ परेका सिकेन्द्रले अवैध यौन सम्बन्ध राखी सावित्रीलाई गर्भवती बनाएका थिए।अवैध यौन सम्बन्धबाट गर्भ रहेपछि सिकेन्द्र र साबित्री दुबैजनाले आफु खुशी भारतको रक्सौल गई गर्भपतन गराउन खोजेका थिए।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा

मृतक युवतीको शबलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ। पक्राउ परेका सिकेन्द्रमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक अन्न्तराम शर्माले जानकारी दिए।

Maruti Cement