प्रहरीलाई चार हजार घुस दिन खोज्ने एक जना नियन्त्रणमा

Prabhu Bank

काठमाडौं । प्रहरीलाई चार हजार घुस दिन खोज्ने एक जना पक्राउ परेका छन्। चार ग्राम चरेससहित भेटिएका काठमाडौं नयाँबजार बस्ने काभ्रेको चौभास नगरपालिका(४ घर भएका ३४ वर्षीय सुनिल तामाङलाई घुस दिन खोजेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

Saftey Pads

उनले काठमाडौंको टुकुचामा प्रहरीलाई नगद चार हजार रुपैयाँ घुस दिएर चरेस लुकाउन खोजेका थिए। महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा.७४ प ९१४० नम्बरको स्कुटर जाँच गर्ने क्रममा तामाङको साथमा चरेस जस्तो देखिने ४ ग्राम कालो पदार्थ फेला परेको थियो।

चरेस भेटिएपछि कारबाहीबाट बच्न तामाङले प्रहरीलाई ४ हजार रुपैयाँ घुस दिन खोजेका थिए। उनलाई स्कुटरसहित पक्राउ गरी अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  नदीमा दाउरा झिक्न जाँदा बाबुछाेरी बेपत्ता
Maruti Cement