टाइफाइडको मौसम, यसरी बच्नुस

Prabhu Bank

काठमाण्डौ । अहिलेको यो मौसममा टाइफाइडको डर हुन्छ। टाउको दुख्नुका साथै एकनाससँग ज्वरो पनि आइरहेको छ भने सजग हुनुपर्छ। टाइफाइड भएमा तुरुन्त उपचार गराउनुपर्छ। अन्यथा टाइफाइडले जटिल रूप लिएर आन्द्रामा प्वाल पनि पार्न सक्छ।

Saftey Pads

खासगरी दूषित पानी एवं दूषित खानेकुरा खाने र व्यक्तिगत सरसफाइमा ध्यान नदिने व्यक्तिलाई टाइफाइडको जोखिम हुन्छ। टाइफाइडले गर्मी र वर्षा याममा पनि सताउने डर हुन्छ। सालमोनेला टाइफी नामक जीवाणु स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गरेपछि यो रोग लाग्न सक्छ। यी जीवाणुले संक्रमण गरेको १० देखि १४ दिनसम्म विभिन्न लक्षणहरू देखिन सक्छन्।

टाइफाइड भएपछि विशेषगरी साँझपख बढी ज्वरो आउने डा. सुशीलकुमार शाक्य बताउँछन्। चौबिसैघण्टा एकनासले ज्वरो पनि आउन सक्छ।

लक्षणहरू

· सुरुसुरुमा ज्वरो आउने

· टाउको दुख्ने

· खान मन नलाग्ने

· कहिलेकाहीँ बान्ता हुने

· पखाला वा कब्जियत हुने

अन्य सम्बन्धित समाचार:  १ हजार २ सय ७ जनामा काेराेना संक्रमण पुष्टि: ८ जनाको मृत्यु

· पसिना निस्कने

· ज्वरो बढ्दै जाने

· जीउ भारी हुने

· वजन घट्ने

· शरीरमा पानीको मात्रा (जल विनियोजन)कमी हुने

टाइफाइडको समयमै उपचार भएन भने पेटको माथिल्लो र छातीको तल्लो भागमा गुलाबी रङको बिमिराहरू देखा पर्छ। जसलाई चिकित्सा भाषामा रोज स्पट भनिन्छ। रोगले झन् जटिल रूप लिएको छ भने कलेजो, मुटुलगायतका संवेदनशील अंगमा समेत असर पार्छ। विशेषगरी आन्द्रामा आक्रमण गर्छ।

समयमै उपचार नभए बिरामीको नाकबाट रगत बग्ने जोखिम हुन्छ। बिरामीको सुर हराएर अर्धबेहोस हुन्छ। जीवाणुले आन्द्रामा असर गरेको छ भने रक्तस्राव भएर कालो दिसा हुन्छ। जीवाणुले आन्द्रामा प्वाल पारेको छ भने उपचारका लागि प्वाल टाल्नुपर्ने हुन्छ। आन्द्रामा परेको प्वाल नटाल्ने हो भने रक्तस्राव भएर ज्यान जान सक्छ।

कसरी हुन्छ संक्रमण

दूषित पानी र खानेकुराबाट टाइफाइडको जीवाणु संक्रमण हुने जोखिम हुन्छ। टाइफाइडका जीवाणु दूषित पानी, खानेकुरा, फोेहोरमैलामा पाइने भएकोले ती दूषित पदार्थ स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गरेमा रोग संक्रमण हुन थाल्छ। फोहोर पानीमा पौडी खेल्ने, काँचो खानेकुरा नपखाली खाने, हात नधोई खाने, दिसापिसाब गरेपछि हात सफा नगर्ने व्यक्तिलाई टाइफाइडको जीवाणु संक्रमण हुने डर हुन्छ।

अन्य सम्बन्धित समाचार:  कैलालीमा पनि पठन–पाठन सुरु

काठमाडौंलगायत तराईका जिल्लामा बस्तीहरू डुबानमा परेका छन्। पानी दूषित भएको छ। यस्तो बेला टाइफाइडको जीवाणु संक्रमणको डर हुन्छ।

कसरी जोगिने ?

· व्यक्तिगत सरसफाइमा ध्यान दिने

· सफा खानेकुरा खाने

· पानी उमालेर वा शुद्धीकरण गरी उपयोग गर्ने

· बासी सडेगलेका खानेकुरा नखाने

· ज्वरो आएको बेला पानीपट्टी लगाएर घटाउने

· सुप, फलफूलको रस खाने

· दाल, तरकारीको रस र सजिलै पच्ने खानेकुरा खाने

· नजिकको स्वास्थ्य संस्थामा उपचार गर्ने

Maruti Cement