कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण गर्ने

Prabhu Bank

काठमाडौँ । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले श्रावण १६ गतेदेखि ७ वटै प्रदेशका १२ स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

Saftey Pads

कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको बैठकले डा. जगदीश चन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति पनि गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा डा.आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा रहेका छन् ।

त्यस्तै तारानाथ दाहालको संयोजकत्वमा निर्दे्शिका निर्माण समिति पनि गठन गरिएको छ । यो समितिको सदस्यहरुमा भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन रहेका छन् ।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

यस्तै खिलानाथ दाहालको संयोजकत्वमा गठन भएको स्रोत व्यवस्थापन समितिको सदस्यहरुमा सुभाष पोखरेल, डा. प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल रहेका छन् ।

यस्तै नेपाली कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय पनि बैठकले गरेको सचिव मुक्ति आचार्यले जानकारी दिए ।

Maruti Cement