साझाको केन्द्रीय समिति विस्तारः ७ जना थपिए

Prabhu Bank

काठमाडौं । साझा पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको आइतबार पार्टी मुख्यालय बखुण्डोलमा बसेको केन्द्रीय समिति बैठकले ७ जना नयाँ केन्द्रीय समिति सदस्य थप गर्ने निर्णय गरेको हो ।

Saftey Pads

नयाँ थपिएका केन्द्रीय सदस्यहरूमा नेपाल जेसिसमा आजसम्म राष्ट्रिय अध्यक्ष सम्हालेकी तीन महिला मध्येकी एक कीर्ति तुलाधर, जनस्वास्थ्यमा विद्यावारिधि गरेकी समाजसेवी तथा गत निर्वाचनमा साझा पार्टीको काठमाडौँ क्षेत्र नं ३ बाट उम्मेदवार बनेकी सुमित्रा सिंह लामा रहेका छन् ।

त्यस्तै शिक्षा क्षेत्रको नीतिगत र व्यवस्थापन तहमा लामो अनुभव हासिल गरेका उच्च माध्यमिक शिक्षा परिषद्का पूर्वसदस्य सचिव नारायण कोइराला, नेपाल जेसिसका पूर्व अध्यक्ष तथा नेतृत्व प्रशिक्षक विकल शेरचन चयन भएका छन् । त्यस्तैगरि प्रहरी सेवामा सफल कार्यकाल निर्वाह गरेका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक रोहित थापा, झापाको कम्युनिष्ट पृष्ठभूमिका समाजसेवी भिमप्रसाद अधिकारी, काभ्रे जिल्लाका २०० भन्दा बढी स्कुलमा आफ्नो अग्रसरतामा पुस्तकालयहरू निर्माण गरेका, पेशाले व्यवसायी तथा साहित्यकार बिकु लामालाई पनि पार्टील केन्द्रीय सदस्य बनाएको छ ।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश

“विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका नेपालीहरू साझा पार्टी निर्माणमा संलग्न हुनुले आम नागरिकमा पार्टी प्रतिको आशा र विश्वासलाई पुन पुष्टि गरेको छ । पार्टीका संयोजक रवीन्द्र मिश्रले भने । ‘नयाँ सदस्यहरूको पार्टी नेतृत्वमा आगमनले पार्टी पङ्क्‍तिको मुलुक रूपान्तरणको आत्मविश्वासलाई अझै दृढ बनाएको छ ।’

त्यस्तै साझाले देशैभरिबाट विशेषगरि युवा तथा महिलाहरुलाई साँङ्गठानिक रुपमा अगाडि बढाउने भएको छ । २६ सदस्यीय केन्द्रीय समिति रहेको साझा नयाँ ७ सदस्य थपेसँगै ३३ सदस्यीय भएको छ ।

Maruti Cement