राष्ट्रिय टिमका पूर्व खेलाडी निराजन रायमाझीकी पत्नी पक्राउ

Prabhu Bank

काठमाडौं । पूर्वाराष्ट्रिय फुटबल खेलाडी निराजन रायमाझीकी श्रीमती पक्राउ परेकी छन्।

Saftey Pads

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार ३८ वर्षीय संगीता रायमाझीलाई नियन्त्रणमा लिएको हो।

बैदेशिक रोजगारीको क्रममा ठगी गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

रायमाझी गत असार ३१ गते मात्र ठगी मुद्दामा छ महिना जेल सजाय भुक्तान गरेर निस्किएकी थिइन्। उनीबिरुद्ध १ करोड ३७ लाख रुपैयाँ ठगी गरेको उजुरी रहेको डिएसपी बोगटीले बताए।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुर: जंगली बँदेलको मासु सहित २ जना पक्राउ
Maruti Cement