गायिका सिन्धु मल्लको ‘चिटिक्कै भाछु रे’

Prabhu Bank

काठमाण्डौ । चर्चित गायिका सिन्धु मल्लको ‘चिटिक्कै भाछु रे’ चर्चामा रहेको छ । एक समयको लोकप्रिय गीत ‘चिटिक्कै भाछु रे’को म्यूजिक भिडियो सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेण्डिङमा आउन सफल भएको हो।

Saftey Pads

गीत अगाडि नै लोकप्रिय हुँदा पनि म्यूजिक भिडियो भने बन्न सकेको थिएन्। दर्शक स्रोताको रोजाई अनुसार गायिका मल्लले यो वर्षको तीजका लागि म्यूजिक भिडियो निर्माण गरेकी हुन्।

मल्लको स्वर रहेको यस गीतमा राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत रहेको छ । म्यूजिक भिडियोमा अहिलेकी चर्चित अभिनेत्री आँचल शर्माका साथमा अन्य कलाकारले नृत्य गरेका छन् । शिव बिकले निर्देशन गरेको म्यूजिक भिडियोमा रामेश्वर कार्कीको छायांकन तथा सक्षमसिंह थापाको निर्माण रहेको छ ।

अन्य सम्बन्धित समाचार:  अभिनेत्री पायल घोषले अनुराग कश्यपमाथि लगाइन् यौन उत्पिडनको आरोप

भिडियो हेर्नुहोस्

Maruti Cement