बिरामीको मृत्युपछि नोबेल अस्पतालमा तनाव, आफन्तद्धारा विरोध प्रदर्शन

Prabhu Bank

काठमाण्डौ । विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत एक जना बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। उपचारको लागि गत बिहीबार अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का अनिल कुमार साहको उपचारमा लापरवाही भएको भन्दै आफन्तले विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

Saftey Pads

साह सुनसरीको सोनापुरमा अवस्थित एसियन थाई फुड्समा कर्मचारी हुन् । कार्यालयको पार्किङमा मोटरसाइकल राख्ने क्रममा चिप्लिएर लड्दा खुट्टामा चोट लागेको बताइएको छ । तर, नोबेल अस्पतालमा चेकजाँच गराएपछि घर फर्केका उनलाई फेरि पुनः परीक्षणका लागि अस्पताल आउन भनिएकोमा अस्पताल भर्ना भएका थिए।

मृतकका भाइ प्रदीप साहले चिकित्सकले खुट्टाको अप्रेसन गर्न भनेको र एक्कासि उनको मृत्यु भएको भनिनु शंकास्पद भएको बताए । शुक्रवार अप्रेशन गरिएका आफ्ना दाजुलाई आइतबार बिहान मृत घोषणा गरिएको भाइ प्रदिपले बताएका छन् । उनलाई डा. सन्दीप अधिकारीले हेरेका थिए ।

अन्य सम्बन्धित समाचार:  नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने

नोबेल अस्पतालमा बिरामीका आफन्तले घेराउ गरेर प्रदर्शन गरेका छन् । डाक्टरलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ । अस्पताल प्रशासनले भने अनिलको ज्यान हृदयघातका कारण गएको दाबी गरेको छ ।

Maruti Cement