छविकी जेठी पत्नीले दिइन् छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी

Prabhu Bank

काठमाण्डौ । नेपाली फिल्मका चर्चित निर्माता छविराज ओझाकी जेठी हेमा ओझाले श्रीमान् ओझा र शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी दिएकी छन्।

Saftey Pads

दुई सन्तान राजिव र मेहेशकी आमा रहेकी उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन्।

अधिकवत्ता स्वागत नेपाललाई साथ लिएर उनी उजुरी दर्ता गर्न प्रहरी वृत पुगेकी थिइन् । छवि र शिल्पाको डिभोर्सको चर्चा चलिरहँदा हेमाले बहुविवाहको उजुरी दिएपछि घटनाले रोचक मोड लिएको छ।

छवि र शिल्पाको विवाह दर्ताको फोटोकपी भेटेपछि आफूसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले पति छविराज र शिल्पालाई प्रचलित कानुन बमोजीम कारवाही गर्न उनले माग गरेकी छन् ।

अन्य सम्बन्धित समाचार:  नरभक्षी बाघ नियन्त्रणमा
Maruti Cement