विना प्रणालीको पूर्वाधारले हामी समृद्धिको बाटोमा जान सक्दैनौँः डा.आचार्य (भिडियो सहित)

Prabhu Bank

काठमाण्डौं। पूर्वाधारविद् एवं साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले पूर्वाधार निर्माणको उपयुक्त पद्धति विना समृद्धिको दिशामा जान नसकिने बताएका छन्। नेपाली इन्जिनियरहरूको छाता सङ्गठन नेपाल इन्जिनियर्स एशोसिएसनले ५६ वर्ष पुरा गरी ५७ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा आफ्नो भनाइ राख्दै डा.आचार्यले राजनीतिक तहमा पूर्वाधारलाई प्राथमिकतामा राखिनु ठिक भएको तर कस्तो स्वरुपको पूर्वाधार विकास र कसरी कार्यान्यन भन्ने कुरामा राजनीतिक तहमा अझै स्पष्टता नभएको बताए।

Saftey Pads

पूर्वाधारको अवस्था, भौगोलिक जटिलता र जोखिमको सन्दर्भमा नेपालले पूर्वाधार विकासका समस्याको मौलिक समाधान पहिल्याउन आवस्यक छ। तर हालको नीति, योजना र व्यवस्थापनको तहको तदर्थ शैलि त्यो दिशामा उन्मुख छैन। नीति, कानुन र योजना निर्माणको शैलि प्रतिक्रियात्मक र तदर्थ छ। समस्याको सहि पहिचान र उपयुक्त समाधानका लागि अनिवार्य मानिने अध्ययन-अनुसन्धानको संस्कृती छैन। यदाकदा अध्ययन गरियो भने यस्तो अध्ययन चलन चल्तिको साँघुरो दायरामा परामर्शदातृले तयार पार्ने कर्माकान्डि रिपोर्टमा सिमित हुन्छ। नीति निर्माणमा प्राज्ञिक हस्तक्षेप अत्यन्त न्युन छ।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा

डा.आचार्यले पूर्वाधार विकासका लागि देशभित्र रहेका प्राविधिक संस्थाहरुको आन्तरिक प्राविधिक क्षमता बढाउनुपर्ने बताएका छन्। सरकारले स्पष्ट सोच, रणनीति र कार्यक्रम सहित आन्तरिक प्राविधिक क्षमता विकासका लागि संस्थागत व्यवस्था सहित लगानि गरेमा ५ वर्ष भित्रै ठूला आयोजना समेत हाम्रै इन्जिनियरहरुको डिजाइनमा हाम्रै निर्माण व्यवसायीले निर्माण गर्न सक्ने अवस्था श्रृजना गर्न सकिन्छ।

हेर्नुस भिडियोः नेपालमा पूर्वाधारको विकास, संभावना र चूनौतीबारे डा. आचार्य

Maruti Cement