कैलालीमा छोराले गरे आफ्नै बुवाको हत्या, आमा गम्भीर घाइते

Prabhu Bank

काठमाण्डौ । कैलालीमा धारिलो हतियार प्रयोग गरी छोराले आफ्नै बुवाको हत्या गरेका छन् । आक्रमणबाटै आमा गम्भीर घाइते भएकी छन् । घोडाघोडी नगरपालिका–११, सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११ः३० बजे हसिया प्रहार गरी ७५ वर्षीय बावु काल्चे रावतको हत्या गरेका हुन् ।

Saftey Pads

बावुमाथिको आक्रमणबाट जोगाउन आएकी आमा नन्दे रावतमाथि पनि उदेले धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय, सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । घरायसी विवादमा छोराले आफ्नै बुवा तथा आमामाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धाननाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

अन्य सम्बन्धित समाचार:  दाउराले हानेर भाउजूको हत्या गर्ने देवर पक्राउ

हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय, सुखडमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

Maruti Cement