निर्माणधिन मन्दिरको छत खसेर पाँचथरमा दुईको मृत्यु

Prabhu Bank

काठमाण्डौ । निर्माणधिन मन्दिरको छत खसेर च्याप्दा पाँचथरमा दुईजनाको मृत्यु भएको छ।

Saftey Pads

हिलिहाङ गाउँपालिका ७ टारीमा रहेको यलम्बर पार्कमा निर्माणाधिन मन्दिरको छत खसेर च्याप्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको मृत्यु भएको हो।

छतको ’सटिङ्’ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेको थियो । ढलान गरिएको छत राम्रोसँग नअडिएका कारण ’सटिङ’ खुस्काउने क्रममा पूरै छत खसेको हुनसक्ने प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए ।

उक्त मन्दिरको छत २० दिन अघि नै ढलान गरिएको स्थानीय अर्जुन रिजालले बताए ।

अन्य सम्बन्धित समाचार:  दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दै पर्यटन मन्त्रालय
Maruti Cement