जापान जाने कामदारका लागि भाषा र सिप परीक्षा कात्तिकमा हुने

Prabhu Bank

काठमाण्डौ । जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ। जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा ’कियर गिभर’का लागि लौजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

Saftey Pads

भाषा परीक्षाणमा उत्तिर्ण भएकाहरुका लागि कात्तिक २१ र २२ मा सिप परिक्षण गर्ने मन्त्रालयले तयारी गरेको छ । भाषा र सिप परीक्षाको मिति तय भएपनि आवेदनको प्रकृया, लागत तथा अन्य संयन्त्रको विषयमा भने छलफल भइरहेको छ ।
मन्त्रालयका अनुसार जापान सरकारसँग यस विषयमा छलफल भइरहेकोले केही दिनमा सबै कुरा टुङ्गीने छ । यसको लागि नेपाल सरकारको तर्फबाट सहसचिवको नेतृत्वमा समिति बताएको छ ।

अन्य सम्बन्धित समाचार:  दाउराले हानेर भाउजूको हत्या गर्ने देवर पक्राउ

सरकारले गत चैत ११ मा नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगवाले हस्ताक्षर गरेका थिए । सोही सम्झौताअनुसार विभिन्न १४ क्षेत्रमा कामदार लौजाने भएपनि पहिलो चरणमा एउटा क्षेत्रमा मात्रै कामदार लौजान जापान तयार भएको हो ।

जापानले दक्षिण एसियाका विभिन्न ९ देशसँग श्रम सम्झौता गरेर एकैपटक कामदार लौजाने बताएको थियो । तर अहिलेसम्म नेपालसहित ५ देशसँग मात्रै सम्झौता गरेको जापानले पहिलो चरणमा सम्झौता भएका मध्ये तीन देशका कामदार मात्रै लैजाने जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा सुपर ओभरमा बैंगलोर विजयी
Maruti Cement