धादिङमा बस र माइक्रो ठोक्कियो, १३ जना घाइते

Prabhu Bank

काठमाण्डौ । यात्रुबाहक माइक्रो र बस एकआपसमा ठोक्किँदा धादिङमा १३ जना घाइते भएका छन्।

Saftey Pads

सोमबार बिहान काठमाडौंबाट भैरहवा जाँदै गरेको लु २ ख २१३४ नम्बरको बससँग चितवनबाट काठमाडौंका लागि छुटेको ना ५ ख ३१५१ नम्बरको माइक्रो ठोक्किएको हो।

थाक्रे गाउँपालिकाको खयरघारीमा बससँग ठोक्किएपछि चिसापानी खोलामा खसेको माइक्रोका १३ जना यात्रु घाइते भएका हुन्।

घाइते सबैको अवस्था चिन्तामुक्त रहेको र उनीहरूलाई उपचारका लागि काठमाण्डौं ल्याईएको धादिङ प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सप्तरी: रुपनी गाउँपालिका-६ का वडाध्यक्षको मृत्यु
Maruti Cement