३७ औं विपी स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरिँदै

Prabhu Bank

काठमाण्डौ । आज नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी उनका योगदानको सम्झना गरीँदै छ ।

Saftey Pads

२४ भदौ १९७१ मा जन्मेका कोइरालाको निधन ६ साउन २०३९ मा भएको थियो ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइराला जेठ २०१६ जेठमा प्रधानमन्त्री बनेका थिए ।

कोइरालाले साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान र्पुयाएका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित आत्मवृत्तान्त ‘जेल जर्नलले उनका बारेमा यथार्थता बताउँछ ।
प्रधानमन्त्री भइसकेपछि बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका कोइरालालाई १ पुस २०१७ मा जननिर्वा्चित सरकार अपदस्त गरिएपछि सिंहदरबारमा बन्दी बनाइएको थियो ।

अन्य सम्बन्धित समाचार:  अधिकांश स्थानमा मंगलबार रातभर वर्षा

एक महीनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो । २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वा्सित जीवन बिताएका थिए ।

भारतमा रहँदा पनि प्रजातन्त्र पुनस्थापनाका पक्षमा सङ्घर्ष गरेको कोइरालाले राष्ट्रियता कमजोर भएको विश्लेषण गरी १६ पुस २०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केका थिए । उनले अँगालेको मेलमिलापको नीतिको आज पनि चर्चा हुने गर्दछ ।

कोइरालाको सम्मानमा सरकारले उनलाई बन्दी बनाइएको सुन्दरीजल बन्दगृहमा २४ भदौ २०६१ देखि विपी सङ्ग्रहालय स्थापना गरेको छ । जहाँ विपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, काङ्ग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ ।
विपी स्मृति दिवसका अवसरमा काङ्ग्रेस, भ्रातृ संस्था र विपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  अनुराग कश्यपविरुद्ध यौन दुर्व्यवहारको उजुरी

विपी स्मृति दिवसको समय पारेर सङ्ग्रहालयले तेह्रथुमका तेजमान तुम्बाहाम्फे, सुनसरीका रवीन्द्र राई र मिसरु मियाँलाई संयुक्त रुपमा प्रजातन्त्र सेनानी पुरस्कार दिने कार्यक्रम छ । सङ्ग्रहालयले विसं २०६९ देखि विपी कोइराला प्रजातन्त्र सेनानी पुरस्कार वितरण शुरु गरेको हो ।

Maruti Cement