अज्ञात समूहको गोली प्रहारबाट बारामा युवकको हत्या

Prabhu Bank

काठमाण्डौ । अज्ञात समूहको गोली प्रहारबाट बारामा एक युवकको हत्या भएको छ। सुवर्ण गाउँपालिका १ बगहीको नहर छेउमा करिब २१ वर्षका युवकको कन्चटमा गोली हानी हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

Saftey Pads

मृतक युवकको हातमा ट्याटुले खोपेर सौरभ लेखिएको भएपनि उनको सनाखत हुन नसकेको बाराका प्रहरी प्रवक्ता रन्जित सिंह राठौरले बताए।

सोमबार बिहान २ बजेतिर बगही नहर छेउमा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतक युवकको शव पोष्टमार्टमका लागि कलैयास्थित जिल्ला अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक राठौरले जानकारी दिए।

मृतक युवकको कन्चटमा गहिरो घाउ देखिएकाले गोली हानेर हत्या गरिएको अनुमान गरिएको छ।घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
Maruti Cement