सुनसरीमा घाँटी रेटी भारतीय नागरिकको हत्या

Prabhu Bank

काठमाण्डौ । सुनसरीघाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ। देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको हो ।

Saftey Pads

यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार (दविया) प्रहार गरेर हत्या गरेको सुनसरीका सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  वामदेव गाैतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय बदर गर्न माग सहित सर्वाेच्चमा रिट
Maruti Cement