सरकार अधिनायकवादी बाटोमा लाग्योः सभापति देउवा

Prabhu Bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादी बाटोमा लागेको आरोप लगाएका छन्।

Saftey Pads

३७ औं वीपी स्मृति दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले अभिव्यक्ति स्वतन्त्रता र मिडिया काउन्सिल विधेयकमार्फत प्रेस स्वतन्त्रता हनन गरी अधिनायकवादी बाटोमा लागेको बताएका हुन्।

ल्याउन लागेको दूरसञ्चारसम्बन्धी विधेयकमार्फत् टेलिफोन प्रयोगकर्तामाथि गर्न लागिएको कडाइप्रति कडा आपत्ति जनाएका छन् । टेलिफोनबाट गाली बेइज्जती गरे कारबाही गर्ने बहाना बनाएर सरकारले नागरिकको गोपनियताको हक माथि धावा बोल्न लागेको आरोप लगाए ।

सभापति देउवाले वीपीले स्वतन्त्रता र राष्ट्रियताका लागि ठूलो लडाईं लडेको भन्दै केपी ओली नेतृत्वको सरकारले ल्याएका यस्ता स्वतन्त्रता र मौलिक हक अधिकारविरुद्धको विधेयक संसद्बाट कुनै हालतमा पारित हुन नदिने भन्दै आवश्यक परे सडक संघर्ष थाल्ने चेतावनी दिए ।

अन्य सम्बन्धित समाचार:  काँग्रेसमा किचलो बढ्दै : देउवालाई पौडेल खेमाको एक हप्ते अल्टिमेटम
Maruti Cement