ट्रकसँग मोटरसाइकल ठोकिदा काभ्रेमा एकको मृत्यु

Prabhu Bank

काठमाण्डौ । काभ्रेको पाँचखाल नगरपालिका ४ हेलम्बु राजमार्गमा ट्रक र मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु भएको छ।

Saftey Pads

मण्डनदेउपुरबाट पाँचखालतर्फ आउँदै गरेको बा ३ ख ९९९२ नम्बरको निसान मिनि ट्रकसँग मण्डनदेउपुरतर्फ जाँदै गरेको बा ४६ प १५३६ नम्बरको मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक पाँचखाल नगरपालिका ४ बस्ने संजीव श्रेष्ठको मृत्यु भएको हो।

मोटरसाइकलमा ३ जना सवार रहेको र चालक श्रेष्ठको धुलिखेल अस्पताल उपचारको क्रममै बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जयराज सापकोटाले बताए।

घाइते मण्डनदेउपुर नगरपालिका ११ सदिप थापा र पाँचखाल ४ अभिषेक खनालको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घटनाको विषयमा पाँचखाल चौकीबाट प्रहरी खटाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
Maruti Cement