भिसिटिएस लगायतका नीतिमा व्यवसायीले विरोध गर्ने अवस्था आउनु दुखदः साझा पार्टी 

Prabhu Bank

काठमाडौं । साझा पार्टीले नेपाल सरकारले हालै लागू गरेको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) लगायतका नीतिमा आपुर्ति क्षेत्रका उद्योग व्यवसायीको विरोधप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

Saftey Pads

पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले लागू गरेको भिसिटिएस लगायतका नीतिमा आपूर्ति क्षेत्रका उद्योग व्यवसायीले विरोध गर्ने अवस्था आउनु दुखद भएको बताएको हो ।

सरकारले हालै अवलम्बन गरेका नीतिहरू सैद्धान्तिक तहमा उपयुक्त देखिए पनि उद्योग व्यवसायीहरूले विभिन्न व्यवहारिक कठिनाइ हुने कुरा औंल्याउँदै विरोधमा उत्रिने अवस्था सृजना हुनु सुखद कुरा नभएको साझा पार्टीको ठहर छ।

‘उद्योग व्यवसायको क्षेत्रमा लगानी प्रोत्साहन, व्यवसायको सुरक्षा, आकर्षक प्रतिफलको अवस्था सिर्जना, न्यायोचित, सहज र प्रभावकारी कर प्रणाली, आधुनिक प्रविधिको प्रयोग लगायतका कुराको नीतिगत र प्रकृयागत सुनिश्चितता गर्नु राज्यको दायित्व हो ।’ पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अन्य सम्बन्धित समाचार:  काँग्रेसमा किचलो बढ्दै : देउवालाई पौडेल खेमाको एक हप्ते अल्टिमेटम

कतिपय नीति कार्यान्वयन गर्न विद्यमान इन्टरनेट पूर्वाधारको अपर्याप्तता र अविश्वसनीयताले गर्दा आपुर्ति प्रणालीमा नै गम्भिर प्रतिकुल असर पर्न सक्ने उद्योग व्यवसाय क्षेत्रको चिन्ता प्रति सरकारले गम्भीरताका साथ सम्बोधन गर्नु पर्नेसमेत साझा पार्टीले माग गरेको छ ।

प्रेस विज्ञप्ति:

भिसिटिएस लगायतका नीति र उद्योग व्यवसायीको विरोध

नेपाल सरकारले हालै लागू गरेको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) लगायतका नीतिमा आपुर्ति क्षेत्रका उद्योग व्यवसायीको विरोध प्रति साझा पार्टीको ध्यानाकर्षण भएको छ।

उद्योग व्यवसायको क्षेत्रमा लगानी प्रोत्साहन, व्यवसायको सुरक्षा, आकर्षक प्रतिफलको अवस्था सिर्जना, न्यायोचित, सहज र प्रभावकारी कर प्रणाली, आधुनिक प्रविधिको प्रयोग लगायतका कुराको नीतिगत र प्रकृयागत सुनिश्चितता गर्नु राज्यको दायित्व हो भन्ने साझा पार्टीको धारणा रहि आएको छ।

यस सम्बन्धमा सरकारले हालै अवलम्बन गरेका नीतिहरू सैद्धान्तिक तहमा उपयुक्त देखिए पनि उद्योग व्यवसायीहरूले विभिन्न व्यवहारिक कठिनाइ हुने कुरा औंल्याउँदै विरोधमा उत्रिने अवस्था सृजना हुनु सुखद कुरा होइन। कतिपय नीति कार्यान्वयन गर्न विद्यमान इन्टरनेट पूर्वाधारको अपर्याप्तता र अविश्वसनीयताले गर्दा आपुर्ति प्रणालीमा नै गम्भिर प्रतिकुल असर पर्न सक्ने उद्योग व्यवसाय क्षेत्रको चिन्ता प्रति सरकारले गम्भीरताका साथ सम्बोधन गर्नु पर्ने साझा पार्टी ठहर छ।

यस सम्बन्धमा लगानी, उत्पादकत्व र रोजगारी सृजनाको प्रमुख वाहक उद्योग व्यवसाय क्षेत्रको जायज मागहरू प्रति संवेदनशीलताका साथ सरकारले विचार गर्न, र उद्योग व्यवसाय क्षेत्रले पनि प्रभावकारी कर प्रणाली र व्यवहारिकताका आधारमा क्रमिक रुपमा आधुनिक प्रविधिको प्रयोगमा सरकारका नीति कार्यान्वयनमा सघाउन साझा पार्टी आग्रह गर्दछ।

डा. सूर्यराज आचार्य

प्रवक्ता

साझा पार्टी

मिति: ०६ साउन २०७६

Maruti Cement