बुद्धचित्तको दानासहित भक्तपुरमा चारजना पक्राउ

Prabhu Bank

काठमाण्डौ । भक्तपुरमा अवैध रुपमा ल्याएको बुद्धचित्तको दानासहित चारजना पक्राउ परेका छन्।

Saftey Pads

सूर्यविनायक नगरपालिका–८ मा बा २ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दानासहित शुक्र लामा, रोशन कार्की, रुपेश लामा र ट्याक्सी चालक विनोद माझी चारजना पक्राउ परेका हुन्।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्याक्सी जाँच गर्दा ७ वटा बोरामा रहेको उक्त परिमाणको बुद्धचित्तको दाना फेला पारेको थियो।

अन्य सम्बन्धित समाचार:  खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक जना मृत्यु
Maruti Cement