राहतको रकम सरकारले दुरुपयोग गर्दैछः महर

Prabhu Bank

काठमाडौं । नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले दैवीप्रकोप र राहतको रकम दुरुपयोग गरी सरकारले कार्यकर्ता पोस्ने काममा लागेको आरोप लगाएका छन्।

Saftey Pads

बीपी कोइराला पब्लिक पोलिसीको आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा महरले सरकार जनताको समस्याप्रति संवेदनशील नभएको र दर्जनौं नेपाली बाढीपहिरोले मृत्यु हुनुका साथै हजारौं घरवारविहीन हुँदा पनि प्रधानमन्त्री राहतकोषको रकम पीडितका लागि उपयोग नभएको बताए ।

सरकार नसच्चिए अब युवाहरू चुप लागेर नबस्ने चेतावनी उनले दिए । कार्यक्रममा महरले बीपी कोइरालाले नेपाली राजनीति र साहित्यका क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको चर्चा गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए
Maruti Cement