विप्लव समूहका जिल्ला सेक्रेटरी र युवा नेता जुम्लाबाट पक्राउ

Prabhu Bank

काठमाण्डौ । विप्लव समूहमा आबद्ध दुई जना जुम्लाबाट पक्राउ परेका छन्।

Saftey Pads

जिल्ला प्रहरी कार्यालय जुम्लाले विप्लव नेतृत्वको नेकपा युवा संगठनका कर्णाली ब्युरो इन्चार्ज बखतबहादुर बिष्ट र जिल्ला सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित)लाई पक्राउ गरेको हो।

उनीहरुलाई हिमा गाउँपालिकाको धाँचुगाउँबाट सुतेकै अवस्थामा सोमबार बिहान ४ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिए।

सेक्रेटरी शाही र युवा नेता बिष्ट धाँचुगाउँमा आएको सूचनाका आधारमा पक्राउ गर्न टोली खटाइएको उनले बताए। उनीहरुका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। पार्टीको युवा अभियान सञ्चालन गर्न उनीहरु गाउँमा गएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  पाटन नगरपालिकाको अनियमितताका बारेमा अख्तियारले छानबिन गर्ने
Maruti Cement