भारतीय तिर्थालु बोकेको गाडी बर्दिबासमा दुर्घटना, २८ घाइते

Prabhu Bank

काठमाण्डौ । भारतीय तिर्थालुहरु बोकेको गाडी बर्दिबासमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।

Saftey Pads

तिर्थालुलाई टुटेश्वरनाथ महादेव मन्दिरमा दर्शन गराई फर्कने क्रममा ना ४ च १०९९ नम्बरको बोलेरो जिप महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरमा दुर्घटना भएको हो।

जिपमा सवार सबै यात्रु भारतका दुई गाउँ सुरसन्ड सघारी र बखरीका बासिन्दा भएको बताइएको छ।

जिल्ला ट्राफिक प्रहरी महोत्तरीका प्रहरी जवान सागर दियालीका अनुसार द्रुत गतिमा गुडिरहेको जिप पूर्व–पश्चिम राजमार्ग्स्थित टुटेश्वर चोक नजिकै सडकबाट चिप्लिएको थियो।

शनिबार नेपाल आएका भारतीय तिर्थालु सिन्धुलीको मेला भरेर बर्दिबासस्थित टुटेश्वरनाथ मन्दिर दर्शन गर्न पुगेका थिए।

घाइते सबैजनाको अहिले बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको उपचारमा २० जना स्वास्थ्यकर्मी खटिएका छन् ।

अन्य सम्बन्धित समाचार:  चितवन: नारायणीको सतहले खतराको विन्दु पार गर्यो
Maruti Cement