उत्तर कोरियामा भएको आमनिर्वाचनमा किमले पाए ९९.९८ प्रतिशत मत

काठमाडौं । उत्तर कोरियामा आइतवार भएको आमनिर्वाचनमा देशका नेता किम जोङ–उनले लगभग शतप्रतिशत मत पाएका छन्।

तर पर्यवेक्षकहरूका अनुसार, चुनावमा अर्को कुनै पनि उम्मेदवार र प्रतिद्वन्द्वी नभएकाले उत्तर कोरियाको चुनाव देखावटी मात्र भएको बताएका छन्।

आइतवार भएको चुनावमा ९९.९८ प्रतिशत मतदान भएको छ र यो सन् २०१५ को तुलनामा ०.०१ प्रतिशत बढी हो ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले आइतवार बताएअनुसार, विदेशयात्रामा गएका मानिसले मात्र मतदान नगरेका हुन् ।

रोगी र वृद्ध मानिसहरूले मोबाइल मतदान केन्द्रमा भोट हालेको समाचार संस्थाले बतायो । उत्तर कोरियामा प्रत्येक चार वर्षमा प्रान्तीय, शहरी र काउन्टी एसेम्ब्लीका प्रतिनिधिहरूको निर्वाचनका लागि मतदान हुने गरेको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा कोरोना संक्रमित १ करोड ६ लाख ५४ हजार नाघे

किम आफैंले चाहिँ उत्तरी हाम्गयोङ प्रान्तमा रहेको मतदान केन्द्रमा दुई उम्मेदवार जु सोङ हो र जोङ सोङ सिकको पक्षमा मतदान गरे । ती दुवैजना काउन्टी एसेम्ब्लीका लागि चुनाव लडिरहेका थिए। एजेन्सी-