कर्मचारी घुससहित पक्राउ पर्नुले लज्जाबोध हुन्छः मुख्यमन्त्री राई

Prabhu Bank

काठमाण्डौ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भ्रष्टाचारविरूद्ध शून्यसहनशीलता अपनाउने बताएका छन्।

Saftey Pads

सोमबार प्रदेश सरकार मातहतका कर्मचारीलाई आफ्नो कार्यालयमा बोलाएर कर्मचारी खुलेआम ठूलो रकम घुससहित पक्राउ पर्नुले लज्जाबोध भएको भन्दै उनले त्यसबाट जाने सन्देशप्रति गम्भीर बन्न आग्रह गरेका हुन्।

मुख्यमन्त्री राईले ‘सेटिङ’ मिलाएर पैसा संकलन गर्नेहरुविरुद्ध कडारुपमा उत्रने बताए । प्रदेश बनाउने आफ्नो अभियानमा सहयोग गर्न उनको आग्रह थियो।

प्रदेश सरकार गठन भएको छोटो समयमा नै सरकार मातहतका उपल्लो तहका कर्मचारी घुससहित पक्राउ पर्न थालेका छन् ।

अन्य सम्बन्धित समाचार:  एसिड आक्रमण सम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित
Maruti Cement