सरकारबाट जनआकाङ्क्षा पूरा हुन सक्दैनः मोहन वैद्य

Prabhu Bank

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन बैद्य ‘किरण’ले सरकारबाट जनआकांक्षा पूरा हुन नसक्ने जिकिर गरेका छन्।

Saftey Pads

जनकपुरधाममा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सरकार जनताको हकहितको पक्षमा नरहेको भन्दै आफूहरु जनसंघर्षको पक्षमा रहेको बताएका हुन् ।

उनले विप्लव समूहको अहिलेको गतिविधि अस्पष्ट रहेको बताएका छन् । विप्लव जनक्रान्ति गरिरहेका छन् कि जनसंघर्ष स्पष्ट हुन नसकेको बताएका हुन् ।

सरकारले पनि विप्लव समूहलाई नबुझी उनीहरुमाथि व्यवहार गरिरहेको वैद्यको भनाइ छ । विप्लव समूहमाथि प्रतिबन्धको निर्णय राजनीतिक नभएको भन्दै उनले यो समस्याको समाधान राजनीतिक ढंगले मात्र निकाल्न सकिने बताए ।

उनले वर्गीय मुक्ति, पहिचानका साथै मधेशी, मुश्लिम, दलित, आदिवासी जनजातीको अधिकार अझै पूरा हुन नसकेको बताउँदै सरकारको ध्यान अझै यस्ता विषयमा नगएको आरोप लगाए ।

अन्य सम्बन्धित समाचार:  काँग्रेसमा किचलो बढ्दै : देउवालाई पौडेल खेमाको एक हप्ते अल्टिमेटम

अहिलेको संविधानलाई अपाङ्गको संज्ञा दिँदै उनले संघीयता पनि त्यस्तै रहेको बताए । मुलुकमा संघीयता लागू गरे पनि प्रदेशहरु स्वायत्त नबनाएको नेता बैद्यले बताए ।

Maruti Cement