मुलुकको सुरक्षा थप बलियो बनाउन जरुरीः गृहमन्त्री थापा

Prabhu Bank

काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकको सुरक्षा थप बलियो बनाउन जरुरी रहेको बताएका छन्।

Saftey Pads

प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले आज काठमाण्डौमा आयोजना गरेको ‘तालीम समापन समारोह’मा उनले नेपाल प्रहरीको सङ्घीय संरचनामा साङ्गठानिक स्वरूप बन्न गइरहेकाले सङ्घ र प्रदेशको सम्बन्धलाई सुदृढ बनाएर सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न भरपर्दो सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका हुन्।

गृहमन्त्री थापाले उनले नेपाल प्रहरीले सीमित स्रोत र साधनका बावजुद पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे । उनले नेपाल प्रहरीको संस्थागत क्षमताको विकासका लागि मन्त्रालयको सहयोग रहेको बताए ।

नेपाल भ्रमण वर्ष सफल बनाउन सुरक्षा व्यवस्थालाई कडा बनाउनु जरुरी रहेको उनको भनाइ थियो ।

अन्य सम्बन्धित समाचार:  आईपीएलको एउटै खेलमा ३३ छक्का प्रहार
Maruti Cement