अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम मङ्गलबारबाट पुनः सुरु हुने

Prabhu Bank

काठमाण्डौ । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम मङ्गलबारबाट पुन शुरु हुने भएको छ। क्रिकेट रंगशाला निर्माण सहयोग समिति सचिवालयको सोमबार भरतपुरमा बसेको बैठकले भोलीबाट नै कामलाई अगाडि बढाउने निर्णय गरेको हो।

Saftey Pads

समितिका संयोजक तथा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा बसेको बैठकले सबैभन्दा पहिला सहयोग गर्न बोलेका रकमहरु तत्काल उठाउने निर्णय गरेको छ ।

रंगशाला निर्माण गर्नको लागि विभिन्न संघ सस्था व्यक्तिहरुबाट करिब ४ करोड रुपैयाँ उठाउनु पर्ने छ । यो रकम उठाउने काम भोलीबाटै सुरु हुने उनले जानकारी दिए ।

त्यस्तै गरी जेठ १५ गते स्थानीयले भत्काएका रंगशाला निर्माण स्थलको अस्थायी बारलाई ठड्याउने, चौकी स्थापना गर्ने, मैदानमा रोपिएको झारलाई व्यवस्थित पार्ने, साउन १० गतेसम्म जिल्लाका हरेक पालिकामा सहयोग समिति गठन गर्नेलगायतका कामहरु शुरु हुनेछ ।

रंगशाला निर्माणको लागि बन्दै गरेको डीपीआरको काम नसकिएकाले अन्य काम गर्न नसकिएको संयोजक डल्लाकोटीले जानकारी दिए ।

Maruti Cement