‘कमेडी च्याम्पियन’ १५ जुलाईबाट सुरु, यसरी सहभागी हुन सकिन्छ

Prabhu Bank

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको र पहिलो पटक प्रसारण हुन लागेको कमेडी शो ‘कमेडी च्याम्पियन’को अडिसन खुलेको छ। अडिसन १५ जुलाईबाट सुरु भई १४ अगस्टसम्म चल्ने आयोजकले जनाएको छ।

Saftey Pads

अडिसनमा भाग लिन आग्रह गर्दै आयोजकले भाग लिने तरिका पनि सार्वजनिक गरेको छ। अडिसनमा सहभागिता जनाउने तीन तरिका छन्।

पहिलो तरिकामा स्मार्टफोन प्रयोगकर्ताहरुले आफनो फोनमा कमेडी च्याम्पियन एप डाउनलोड गरी त्यसमा आफ्नो व्यक्तिगत जानकारीसहितको अडिसन भिडियो पठाउन सक्नेछन्।

दोस्रो तरिकामा कमेडी च्याम्पियनको अफिसियल वेबसाइट कमेडीच्याम्पियनडटकम मा गएर पनि अडिसनको भिडियो पठाउन सक्छन्।

तेस्रो तरिकामा रेडियो अडियोको टोल फ्रि नम्बर १६६००१६६१२३ मार्फत् पनि अडिसन दिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  सञ्जीव उप्रेतीको उपन्यास हंसलाई पद्मश्री साहित्य पुरस्कार
Maruti Cement