टेलिफोन ट्यापिङः सत्तापक्ष भन्छ, ‘प्रतिपक्षको आरोप शतप्रतिशत झुट’

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तावित ‘दूरसञ्चार ऐन’ प्रति कडा आपत्ति जनाएका छन् ।

Saftey Pads

सरकारले टेलिफोन ट्याप गरेर विरोधीहरूलाई ठेगान लगाउन खोजेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

सञ्चार मन्त्रालयले तयार पारेको मस्यौदामा दूरसञ्चार सेवाका माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुःख दिनेलाई १५ लाखसम्म जरिवाना वा एक वर्षसम्म कैद गर्न सक्ने प्रस्ताव रहेको समाचार केही दिन यता चर्चामा छ ।

यो विषयलाई देउवाले प्रजातन्त्रमाथिको खतरनाक षड्यन्त्रको संज्ञा दिएका छन् ।

टेलिफोनमा गाली गर्यो भने एक वर्ष जेल वा १५ लाख जरिवानाको विषय साँचो हो भने यो जत्तिको खतरनाक विषय अरु हुन नसक्ने देउवाको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  मुख्य सचिवमा वैरागी, अमेरिका र बेलायतको राजदूतमा खतिवडा र रेग्मी सिफारिस

टेलिफोनबाट गाली बेइज्जती गरे कारबाही गर्ने बहाना बनाएर सरकारले नागरिकको गोपनीयताको हकमाथि धावा बोल्न लागेको देउवाको आरोप थियो ।

तर, यता सत्तापक्षले भने देउवाको यो आरोपलाई शतप्रतिशत झुट भएको बताएको छ ।

सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले उपद्रो व्यवहार प्रदर्शन गर्नेहरूलाई नियन्त्रण गर्न सरकार लागि परेको बताए । उनले प्रस्तावित दूरसञ्चार ऐनले कुनै पनि नागरिकको गोपनीयता भङ्ग नगर्ने दाबीसमेत गरे ।

पछिल्लो समय नयाँ नयाँ प्रविधिको विकाससँगैं भित्रिएका विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर समाजमा अशान्ति फैलाउने काम बढिरहेको र यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक कानून बनाउन जरुरी ठानेको नेता खनालको भनाइ थियो ।

 

अन्य सम्बन्धित समाचार:  वामदेव गौतमविरुको रिटको सुनुवाइ शुक्रबारका लागि सर्‍याे
Maruti Cement